लाओसविरुद्धको दोस्रो खेलमा नेपालको मिडफिल्डमा ३ परिवर्तन

Posted on: 17 Oct, 2023

असोज ३०, काठमाडौँ |  फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल मंगलबार खेल्दैछ ।

लाओसको घरेलु मैदानमा हुने उक्त खेलका लागि नेपालको पहिलो रोजाइका खेलाडीहरुको नाम सार्वजनिक भएको छ ।

जसमा पहिलो लेगमा खेलेको टोलीमा तीन परिवर्तन गरिएको छ । मिडफिल्डरहरु एरिक विष्ट, उत्सव राई र दिनेश हेन्जन दोस्रो लेगमा पहिलो रोजाइमा खेल्दैछन् । तीनै खेलाडीले पहिलो लेगमा वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा रहेको टोलीमा रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ डिफेण्डरको रुपमा छन् ।

यस्तै मिडफिल्डमा लकेन लिम्बुले निरन्तरता पाएका छन् । अञ्जन विष्ट, मनिष डाँगी र जिलेस्पीजंग कार्की फरवार्डको रुपमा छन् ।

गत बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । छनोटको दोस्रो चरणमा पुग्नका लागि नेपाललाई आजको खेल जित्नैपर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!