विश्वकप क्रिकेटः इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानको तीन विकेट गयो

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।   

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा अफगानिस्तानका हशमतउल्लाह शहीदी ८० रनमा , इब्राहिम ज़दरान २८ रनमा तथा रहमत शाह  ३ रनमा आउट भए ।  इब्राहिम ज़दरान र  रहमत शाह  इग्ल्याण्डका बलर आदिल रशीदले आउट गरेका हुन भने हशमतउल्लाह शहीदी रन आउट भएका हुन । अफगानिस्तानले पहिलो विकेट१६ दशमलब ४ ओभरमा ११४ रन हुँदा इब्राहिम ज़दरान, गुमाएको हो । त्यसैगरी दोस्रो विकेट १८ दशमलब ४ ओभरमा १२२ हुँदा रहमत शाह गुमाएको हो । त्यसैगरी हशमतउल्लाह शहीदी निजी ८० रन बनाएर खेलिरहँदा  १८ दशमलब ५ ओभरमा १२२ हुँदा रन आउट भए । ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।


 यस अघि इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो ।    जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!