विश्वकप क्रिकेट: पाकिस्तानविरुद्ध भारतले टस जितेर फिल्डिङ गर्दै

Posted on: 14 Oct, 2023

असोज २७, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप-२०२३ अन्तर्गतको भारत र पाकिस्तानबिच भिडन्त हुँदै छ ।

भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ रोजेको छ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ ।

खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ ।

यो विश्वकपमा भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई हराएको छ भने पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलंकालाई पराजित गरेको छ ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयर यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुम्राह, कुलदिप यादव र मोहम्मद सिराज रहेका छन् ।

यस्तै बाबर अजामको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमेद, शदाब खान, मोहम्मद नवाज, हसन अली, शाहीन साह अफ्रिदी र हरिस राउफ रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!