एसीसी यू १९ प्रिमियर कप: इरानविरुद्ध नेपाल २७४ रनले विजयी

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ ।

मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो ।

नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिए ।

यस्तै ७ ओभरमा १९ रन खर्चिएर हेमन्त धामीले २ र ३ ओभरमा २७ रन खर्चिएर आकाश चन्दले २ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!