नेदरल्याण्ड्सको कसिलो बलिङ, ३ ओभरसम्म खाता नै खोल्न सकेनन् न्युजिल्याण्डका ब्याट्सम्यानले

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | जारी एक दिवसीय क्रिकेट विश्वकपमा सोमबार न्युजिल्याण्ड र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा भइरहेको छ । एक दिवसीय वरीयतामा १४ औँ स्थानमा रहेको नेदरल्याण्ड्सले सोमबार कसिलो बलिङ गरेको छ ।

परिणामस्वरुप एक दिवसीय वरीयताको छैटौं स्थानमा रहेको न्युजिल्याण्डले तीन ओभर सकिँदासम्म रनको खाता नै खोल्न सकेन ।

न्युजिल्याण्डका प्रारम्भिक ब्याट्सम्यानद्वय विल यङ र डेभोन कनवे रन बनाउनका लागि संघर्ष गरिरहेका छन् । नेदरल्याण्ड्सका लागि आर्यन दत्तले दुई ओभर मेडन राखेका छन् । यस्तै रायन क्लेइनले एक ओभर मेडन राखे ।

चौथो ओभरदेखि भने न्युजिल्याण्डले रनको खातामात्र खोलेन, केही आकर्षक बाउन्ड्रीसमेत प्रहार गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!