एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

Posted on: 02 Sep, 2023

भदौ १६, काठमाडौँ । एशिया कप  क्रिकेट २०२३ अन्तर्गत आजको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। 

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुने खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ रोजेको हो। टस जित्दै भारतीय कप्तान रोहित शर्माले भने,  ‘हामी मौसमको बारेमा धेरै चिन्ता गर्दैनौं।’

पाकिस्तानको यो दोस्रो खेल हो भने भारतको पहिलो हो। यसअघि उदघाटन खेलमा नेपाललाई जितेको पाकिस्तान खुलेर खेल्नेछ। भारत र पाकिस्तान चार वर्षपछि आमने-सामने हुन लागेका हुन्।


उता पाकिस्तानका कप्तान बाबर आजमले पनि आजको खेलमा आफूले पहिले ब्याटिङ नै गर्न चाहेको खुलाए । आफूहरूले यहाँ धेरै क्रिकेट खेलेको बताउँदै यहाँको अवस्थाको बारेमा जानकार रहेको बताए ।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!