एसिया कप क्रिकेट: आज भारत र पाकिस्तान भिड्दै

Posted on: 02 Sep, 2023

भदौ १६, काठमाडौँ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३:१५  मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ जान नमानेपछि भारत र पाकिस्तानबीचको खेल श्रीलङ्कामा हुन लागेको हो ।

आफ्नो पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ भने भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!