चेल्सीमा अनुबन्ध भए कोल पामर

Posted on: 01 Sep, 2023

एजेन्सी | चेल्सीले म्यानचेष्टर सिटीबाट फर्वाड कोल पामरलाई अनुबन्ध गरेको छ ।

४ करोड पाउण्डमा चेल्सी गएका पामरले सात वर्षे सम्झौता गरेका छन् ।

सिटीको एकेडेमीका उत्पादन पामर इंग्ल्याण्डले युरोपियन यू-२१ च्याम्पियनसिप जित्दा टोलीको सदस्य थिए ।

चेल्सीमा अनुबन्ध हुने सम्झौतामा हस्ताक्षर गरेपछि उनले भनेका छन्, ‘म सुरुवात गर्न निकै उत्साहित छु ।’

पामरलाई लोनमा भित्र्याउन अर्को इंग्लिस क्लब वेष्ट हामले पनि इच्छा देखाएको थियो । तर म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लोनमा जान नदिने बताएपछि रोकिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!