एसिया कप क्रिकेट: पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई २ सय ३८ रनले पराजित गरेको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे । 

नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो । पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाउँदै आउट भएका हुन् । तेस्रो नम्बरका ब्याट्सम्यान कप्तान रोहित पौडेल भने दोस्रो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्किए । भने तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख पेभेलियन फर्किए । चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भएका थिए । उनले ३८ बलमा पाँच चौका हिर्काए । आरिफ शेख र सोमपाल कामीले ५९ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका थिए । उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भएका थिए । त्यस्तै नेपालको छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी तीन रन बनाउँदै आउट भएका थिए । नेपालले सातौं विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । उनी १३ रन बनाउँदै आउट भएका हुन् । आठौं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाएको थियो । उनी शून्य रनमै पेभेलियन फर्किएका थिए र नवौं विकेटका रुपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भएका थिए । उनले एक छक्का पनि हिर्काए । नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशी गुमायो । 

पाकिस्तानका लागि बलर साहिन शाह अफ्रिदीले २, सदाब खान ३, ह्यारिस रउफले २, मोहम्मद नवाजले र नसिम शाहले १-१ विकेट लिएका हुन् |

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!