नेपालविरुद्ध पाकिस्तानको २ सय रन पूरा, कप्तान बाबर आजम सतक नजिक

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपालविरुद्ध २ सय रन पुरा गरेको छ।

पाकिस्तानले ३८ ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको छ। कप्तान बाबर आजम ९५ रनमा खेल्दैछन्।


२५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हालेका हुन्। उनले रिजवानसँग चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।

त्यसपछि बाबर र इफ्तिखरबीच ८० रनको साझेदारी भइसकेको छ।

पाकिस्तानका फकार जमान १४, आघा सलमान ५, इमाम उल हक ५ र मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!