पावर प्लेमा नेपालको कसिलो बलिङ

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालले कसिलो बलिङ गरेको छ। पाकिस्तानले पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमा २ विकेट गुमाएर ४४ रन जोडेको छ।


करन केसीले फखर जमानलाई आउट गरे। इमाम उल हक कप्तान रोहित पौडेलले डाइरेक्ट हिट गर्दै रन आउट गरे। फखर जमानले १४ र इमामले ४ रन जोडे।

पाकिस्तानले २५ रनमा दुवै प्रारम्भिक ब्याट्सम्यान गुमाएको थियो। पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो। कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ७ रनमा खेल्दैछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!