मुल्तानमा नेपालको जस्तै ब्याटिङ पिच रहेछ : रोहित पौडेल

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले मुल्तान क्रिकेट स्टेडियमको पिच नेपालको त्रिवि क्रिकेट मैदानको जस्तै रहेको बताएका छन् ।

बुधबार एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी गर्दै उनले मुल्तानको पिच नेपालको सँग मिल्दोजुल्दो भएको बताएका हुन् । ‘नेपालको जस्तै ब्याटिङ विकेट छ । यहाँ धेरै कुरा नेपालको जस्तो छ’, उनले खेलअघि भने ।

नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । रोहितले पहिलो पटक एसिया कप खेल्न पाउँदा खुशी लागेको बताए । ‘सबै नेपाली यो खेललाई लिएर निकै उत्साहित छन्’, उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!