पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११ सार्वजनिक, यस्तो छ नेपाली टोली

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११ सार्वजनिक भएको छ।

पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने खेलका लागि नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र ललित नारायण राजबंशी रहेका छन्।


नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानसँग पनि नेपालको यो पहिलो प्रतिस्पर्धा हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!