पाकिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।

पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!