अर्जुनको अर्धशतकमा श्रीलंकाको टोलीलाई नेपालको मध्यम लक्ष्य

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौं | विकेटकिपर अर्जुन साउदको अर्धशतकमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका लागि अर्जुन साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । ४५ ओभरको खेलमा अर्जुन साउद बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपाललाई ओपनर अर्जुन साउद र देव खनालले १०.५ ओभरमा ३८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । देव खनाल ३४ बलमा २ चौका र १ छक्का २२ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अर्जुन साउद र गुलशन झाले ३७ रनको साझेदारी गरेका थिए । गुलशन २५ बलमा ९ रन बनाउँदै आउट भए । सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

त्यसपछिका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि.सी १६ र करण केसी ११ रनमा आउट भए ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!