एकै खेलमा ७ विकेट लिएर मलेसियाका स्याज्रुल इद्रुसले बनाए विश्व कीर्तिमान

Posted on: 26 Jul, 2023

एजेन्सी | मलेसियाका स्याज्रुल इद्रुसले टी-२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । उनले एकै खेलमा ७ विकेट लिएर नयाँ कीर्तिमान बनाएका हुन् ।

आईसीसी टी-२० विश्वकप एसिया रिजनल क्वालिफायर बी को खेलमा बुधबार चीन विरुद्ध इद्रुसले ७ विकेट लिँदै कीर्तिमान बनाए । बायुमास ओभलमा भएको खेलमा मलेसियालाई चीनलाई ८ विकेटले पराजित गर्दा इद्रुसले ८ रन मात्र खर्चेर एक्लै ७ विकेट लिए ।

खेलमा पहिले ब्याटिङ गरेको चीन इद्रुसको घातक बलिङ सामु टिक्न नसक्दा ११.२ ओभरमा २३ रनमै अलआउट भएको थियो ।

चीनका ६ खेलाडीले खाता खोल्न सकेनन् भने ओपनर वेइ गोलेईले बनाएको ७ रन नै व्यक्तिगत उच्च रह्यो ।

इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन मात्र खर्चेर ८ विकेट लिए । यसअघि १२ बलरले टी २० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिएपछि ७ विकेट कसैले लिन सकेका थिएनन् ।

मलेसियाले २४ रनको लक्ष्य ४.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । ओपनरद्वय सायद अजिज मुबारक र मुहम्मद अमिर अजिम खाता नखोली आउट हुँदा विरनदिप सिंहले अविजित १९ रन बनाए । शाभरिन सुरेन्द्रन ४ रनमा अविजित रहे ।

चीनका लागि तियान सेन्कुन र वाङ किले १-१ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!