एसिया कपको तयारीका लागि आज श्रीलंकासंग अभ्यास खेल खेल्दै नेपाल

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौँ | एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल श्रीलंकासंग खेल्दैछ ।

नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको हो । श्रीलंकाको घरेलु मैदान ब्लूमफिल्डमा हुने खेल नेपाली समयअनुसार बिहान १० बजे हुनेछ ।

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।  एसिया कपको तयारीमा रहेको नेपालले सबै ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाली खेलाडीलाई श्रीलंकाको वातावरणमा घुलमिल हुन यो राम्रो अवसर हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!