क्रुज अजुलविरुद्ध मेस्सीको गोलमा इन्टर मियामीको सानदार जित

Posted on: 22 Jul, 2023

साउन ६, काठमाडौं | लिओनल मेस्सीले आफ्नो डेब्यु खेलमा अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ ।

लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेस्सीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २-१ ले पराजित गर्दै सानदार जित हासिल गरेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले इन्जुरी टाइममा गोल गरेका थिए ।


त्यसअघि थोमस टेलरले ४४औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि मेस्सीले इन्जुरी टाइममा गोल गर्दै इन्टर मियामीलाई जित दिलाए । मेस्सी यसै समरमा पेरिस सेन्ट जर्मेन छाडेर मेजर सकर लिग क्लब इन्टर मियामी पुगेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!