इमर्जिङ टिम्स एसिया कप भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले यूएईलाई तीन विकेटले हरायो

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ । 

श्रीलंकामा भएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३ ओभरमा सात विकेट गुमाएर विजय लक्ष्य पार गरेको थियो ।  

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा अर्धसतकीय पारी पनि खेले । उनले नेपालका लागि ४३ बलको सामना गरी चार छक्का र नौवटा चौकाको मद्दतमा ७१ रन बनाए । त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । त्यस्तै देव खनाले र सन्दीप जोराले समान २४ रन बनाए भने  गुल्सन झाले११ रन कप्तान रोहित पौडेल ९ रनमा आउट भए । प्रतिस जीसीले अविजित आठ रन बनाए । कुशल मल्ल दुई रनमा अविजित रहे ।

युएईका लागि बलर मोहम्मद फराजुद्दिनले ५ विकेट र मुहम्मद जवादुल्लाहले २ लिएका थिए । 

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। युएई ए का लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। युएई ए लाई सस्तैमा समेट्न भुर्तेलले ६, श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक/एक विकेट खसाले । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई ए पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!