नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले बनाए अर्धसतक

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको आज (बुधबार) खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । 

उनले ३२ बलमा अर्धसतक बनाएका हुन् । उनले दुई छक्का र आठ चौका पनि प्रहार गरिसकेका छन् । नेपाली टोली हाल ११ ओभरमा एक विकेट गुमाएर ७६ रन बनाउँदै खेलिरहेको छ । 

यसअघि नेपालले पहिलो ओभरको पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा  ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर मुहम्मद जवादुल्लाहले एलबीडब्लू आउट गराएका थिए ।

नेपालले यूएईबाट एक सय ५८ रनको लक्ष्य पाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!