एसीसी इमर्जिङ टिम्स एसिया कप: यूएईले दियो नेपाललाई १५८ रनको सामान्य लक्ष्य

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) ले १५८ रनको लक्ष्य दिएको छ ।

श्रीलंकामा टस जिती पहिलो ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुदै १५७ रन बनाएको हो।  यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।

उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले २, कुशल मल्लले र पवन सर्राफले १-१ विकेट लिए |

यूएईका लागि ओपनर लवप्रित सिंह ५२ रन, यशवन्त भल्थापा १६ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन, अन्स टन्डनले ३ रन  भने एथन डिसुजा १८, मोहम्मद फराजुद्धिन ४ रनमा आउट भए । यूएईका लागि अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!