यूएईविरुद्ध नेपालको सानदार बलिंग, कुशल भुर्तेल एक्लैले लिए ६ विकेट

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईको आठौं विकेट लिएको छ । नेपालका लागि आठौं विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।

उनले लगातार ६ विकेट लिएका हुन् । पछिल्लो विकेटका रुपमा उनले यूएईका मोहम्मद फराजुद्धिनलाई ४ रनमा सन्दीप जोराले क्याच आउट गरेका हुन् । फराजुद्धिन आउट हुँदा यूएईले ३५.२ ओभरमा एक सय ३६ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!