एसीसी इमर्जिङ कप: आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ ।  एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो । 

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिष्ठाका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामने हुनेछन् । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!