नेपाली भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौँ | नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको हो। सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि आर्मीका सेटर हरिहजुर थापा राष्ट्रिय भलिबल टोलीका कप्तान थिए। भलिबल संघले उनलाई असार ३१ मा कप्तानबाट हटाएको थियो। उनी गत महीना मात्रै कप्तान नियुक्त भएका थिए।

प्रधानमन्त्री कप महिला तथा पुरुष एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान विवाद भएको थियो। त्यसमा थापा दर्शकसँग आक्रोसित भएका थिए। उनले आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै संघले कारबााही गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!