एसीसी इमर्जिङ टिम्स एसिया कप: भारत एविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्दै नेपाल

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौं | श्रीलंकामा जारी  इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर ब्याटिङ गर्न लागेको छ । खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’सँग खेल्न लागेको हो । पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो । 

पहिलो खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो ।

भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । यस खेलमा नेपाल जितको खोजीमा हुने छ |

इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!