पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई छैटौं विकेटको झड्का

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | इमर्जिङ टिम्स एसिया कपमा खेलमा पाकिस्तान 'ए' सँगको खेलमा नेपाललाई छैटौं विकेटको झड्का लागेको छ | श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।

छैटौं विकेटका रुपमा पवन सर्राफ आउट भएका हुन् । उनी एक रन बनाउँदै आउट भए । 

नेपालको ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।

पाकिस्तानका शहनवाज दहानीले ४ र मोहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!