नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

Posted on: 04 Jul, 2023

असार १९, काठमाडौँ | नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। नेपालले ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९(७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए। गुल्सनले अविजित ५७ रन जोडे।

सन्दीपले ३२ रन जोडे। नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।

नेपालले ७ रनको अन्तरमा पछिल्ला तीन विकेट गुमाएको थियो। पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेको नेपाल कुनै समय १६२-४ रनको स्थितिमा थियो। तर पाचौँ विकेटका रुपमा भीम आउट भएपछि नेपालको पतन सुरु भएको हो। एक सय ६९ रनको स्थितिमा नेपालले कुशल र दीपेन्द्रलाई गुमाएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!