विश्वकप छनोटः नेपालले दियो नेदरल्याण्डसलाई १६८ रन लक्ष्य

Posted on: 24 Jun, 2023

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरग खेलमा नेदरल्याण्डसलाई नेपालले १६८ रनको लक्ष्य दिएको छ |

ट्रस हरेर पहिलो ब्याटिङ गरेको नेपालले ४४.३ ओवरमा ओभरमा १६७ रन बनाउँदै अलआउट भयो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका हुन् | ओपनर कुशल भुर्तेलले २७ तथा सन्दीप लामिछानेले पनि २७ रन बनाए |

भीम सार्कीले २२ रन बनाएका हुन् । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए भने बास डि लिड्स र बिक्रमजित सिंहले २-२ विकेट लिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!