कुवेतद्वारा नेपाल ३-१ गोल अन्तरले पराजित

Posted on: 21 Jun, 2023

असार ६, बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतद्वारा नेपाल ३-१ गोलले पराजित भएको छ । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसित पराजित भएको हो ।

भारतको बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतका लागि खलिद हाजियाले २३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ४१ औं मिनेटमा सबायब अलखल्दीले दोस्रो गोल थपे । तेस्रो गोल भने पेनाल्टीबाट भएको थियो‚ यसमा मोहम्मद अब्दुल्लाहले गोल गरेका थिए ।

नेपालका लागि १ गोल भने अन्जन विष्टले गरेका थिए । नेपालका लागि ६८औं मिनेटमा अञ्जन बिष्टले गोल गरेका हुन् । यस बाहेक नेपालले केहि अवसर सदुपयोग गर्न सकेन । नेपालको लागि सुरुवातदेखिनै हावी देखिएको कुवेतको बिरुद्ध नेपालले गोल फर्काएपछि केहि राम्रो पर्दर्शन गर्यो । 

आजको खेलमा १ गोल गरेका अन्जन विष्ट नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान नजिक पुगेका छन् । उनको यो १२ औं गोल हो । अब उनी कीर्तिमानबाट एकै गोल मात्रै टाढा छन् । नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरू दुवैले समान १३ गोल गरेका छन् ।

आजको खेलमा पराजय भोगेसंगै नेपालले बाँकी आफ्नो दुई खेलमा कडा मिहिनेत गर्नुपर्ने भएको छ । कुवेतविरुद्धका १० खेलमा नेपाल जितविहीन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!