अभ्यास खेलमा नेपाल र युएई भिड्दै

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाडौँ | नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ । 

जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!