मलेसियाविरुद्ध ३ विकेटको जितसँगै शृखंला च्याम्पियन बन्यो नेपाल

Posted on: 04 Jun, 2023

जेठ २१, काठमाडौँ । मलेसियाविरुद्धको महिला टी-२० शृखंलामा नेपाल महिला टोली ३ विकेटको शानदार जित हात पार्दै च्याम्पियन बनेको छ । शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको थियो । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो ।

घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् । कविता जोशीको उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् । पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो ।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जितेको छ। यो जितसँगै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!