दुर्घटना भएको विमानमा १५ जना विदेशी, कुन कुन देशका नागरिक थिए ?

Posted on: 15 Jan, 2023

माघ १, काठमाडौँ | आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा १५ जना विदेशी यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटनामा परेको विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो। चालक दलसहित ७२ जना सवार विमानमा ५३ जना नेपाली नागरिक सवार थिए। 


प्राधिकरणका अनुसार विमानमा ५ जना भारतीय नागरिकसहित १५ जना विदेशी यात्रु थिए। विमानमा चारजना रसियाली, दुई जना कोरियाली, एकजना फ्रान्सेली नागरिक सवार थिए। यस्तै, आयरल्यान्डका एकजना, अस्ट्रेलियाका एकजना, अर्जेन्टिनाका एकजना पनि विमानमा थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुमति लिइरहेको विमान सेती खोंचमा खसेको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!