बाबुलाई खुकुरी प्रहार गरेर छोरो फरार

Posted on: 31 Oct, 2022

कात्तिक १४, भरतपुर | चितवनको माडीमा छोराले बाबुलाई खुकुरी प्रहार गरेका छन् । आइतबार राति ६५ वर्षीय रामबहादुर गुरुङलाई आफ्नै छोराले खुकुरी प्रहार गरेर घाइते बनाएपछि उनी अहिले अस्पतालमा छन् । उनको निधार र टाउकोमा चोट लागेको छ ।

माडी ६ रामराज्यपुरका गुरुङको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ । खुकुरी प्रहार गर्ने छोरा राजन गुरुङ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!