उद्योग वाणिज्य संघ पाँचथरले ५५लाख भन्दा बढिको स्वास्थ्य सामाग्री अस्पताललाई दियो

Posted on: 02 Jun, 2021

कमल घिमिरे। जेठ १९।पाँचथर,उद्योग बाणिज्य संघ पाँचथरले खरिद गरेका कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक सामग्री पाँचथर अस्पताललाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरेका सामग्रीमा १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्स्ट्रेटर, ४० केजी क्षमताका ५० थान अक्सिजन सिलिण्डर, पाँचथान मल्टि पारामिड, एकसय थान अक्सिमिटर छन ।
 सामग्री संघका अध्यक्ष दिपक नेपालले अस्पताल  प्रमुख  डाक्टर वुद्धीवहादुर थापा र पाँचथरका प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण गरिएका सामग्री ५५ लाख ६० हजार मुल्य वरावरका रहेको संघका कार्यकारी अधिकृत भिम कार्कीले जानकारी दिनुभयो ।
सामग्री खरिदका लागि देश विदेशमा रहेका पाँचथरे नागरिकबाट ५७ लाख २८ हजार रुपैंया रकम संकलन भएको संघका  महासचिव नवराज घिमिरको भनाइ छ ।
संघले करिब दुइसाता अगाडीदेखि शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर व्यावस्थापन अभियान मार्फत खरिद गरेका सामग्री सामग्री आज पाँचथर अस्पताललाई हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँचथर उद्योग बाणिज्य संघले चलाएको अभियानमा साथ दिने सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । आगामी दिनमा सुविधा सम्पन्न एम्वुलेन्स सेवा सञ्चालनका लागि सुझाव प्राप्त भएकाले त्यसतर्फ योजना वनाउने पनि उहाँको भनाइ थियो ।
सामग्री ग्रहण गर्दै जिसस प्रमुख विष्णुप्रसाद सापकोटा र प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सामाजिक उत्तरदायित्व वहनका क्रममा संघबाट भएको सहयोगको सराहना गर्नुभयो ।
संघले यस अगाडी पनि पाँचथर अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रकाे सञ्चालन महासचिव नवराज घिमिरे, अध्यक्षता  अध्यक्ष दिपक नेपाल र  धन्यवाद ज्ञापन  संघका बरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लेले गर्नुभएकाे थियाे ।
 

यस बिषयमा तपाइको प्रतिक्रिया...!