कुम्मायक वासीका लागि आपतकालीन राहात कोष स्थापना

Posted on: 01 Jun, 2021

कमल घिमिरे। जेठ१८, पाँचथर । काठमाडौंमा बसोबास गर्दै आएका पाँचथर कुम्मायक गाउँपालिका वासीका लागि महामारी आपतकालीन साहायता कोषको स्थापना गरिएको छ। यासोक देउराली छेत्र सेवा समाज काठमाडौंले स्थापना गरेको कोषमा कुम्मायक गाउँपालिकामा स्थाइ जन्मथलो भइ काठमाडौं बसोबास गर्दै आएका नागरिकहरुको बिवरण संकलन गरी महामारीमा समस्या भएकाहरुलाई राहात प्रदान गरिने उद्देश्यले राहात कोष स्थापना गरिएको समाजका सचिव  बिन्देश्वर खनालले जानकारी दिनुभयो।

समाजले राहात बितरणको लागि राहात बितरण समिति पनि गठन गरेको छ। स्थानीय निकायको नियमित सम्पर्कमा रही स्थानीय क्षेत्रमा कोरोना संक्रमण र कोरोनाका कारण सिर्जित समस्याका बारेमा जानकारी लिने र स्थानीय क्षेत्रमा पनि आवश्यक सहयोग गरिने सचिव खनालले जानकारी दिनुभयो।
 यसैगरी समाज कल्याण परिषद्का उपाध्यक्ष डाक्टर पद्म प्रसाद खतिवडाको पहलमा वानहर्ट नामक आइएनजिओको सहयोगमा यासोक स्वास्थ्य संस्था लगायत पाँचथरका स्वास्थ्य संस्थाहरुलाई दश थान अक्सिजन कन्सनटेटर लगायत स्वास्थ्य सामाग्री समेत समाजले  उपलब्ध गराउने भएको छ।
स्थापना गरिएको राहात कोषमा इच्छुक महानुभावहरुलाई रकम जम्मा गरिदिन समेत यासोक देउराली क्षेत्र सेवा समाजले आग्रह गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!