चितवनमा वडाध्यक्षको निधन

Posted on: 03 Feb, 2021

माघ २१, चितवन । चितवनको इच्छाकामना  गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उहाँको निधन भएको हो ।  

 लामो समयदेखि कलेजो पीडित हुनुभएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताउनुभयो । उहाँको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । रानामगरको श्रीमती र एक छोरी हुनुहुन्छ ।

उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!