सर्लाहीमा एक महिला मृत फेला, श्रीमानसहित घरका सबै सदस्य फरार

Posted on: 06 Apr, 2019

चैत २३, सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । 

स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् ।

घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । 

मृतक महिलाको घाँटीमा निलडाम देखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सागरदेवीको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवा ल्याइएको र घरका सदस्यको खोजी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!