सर्लाहीमा आगलागीमा परेर तीनजना गम्भीर घाइते

Posted on: 01 Apr, 2019

चैत १८, सर्लाही । सर्लाहीमा आगलागीमा परेर तीनजना गम्भीर घाइते भएका छन् ।

हरीपुर–९ का स्थानीय चन्देश्वर शाहको घरमा आगो लागेर ग्यास विस्फोट हुँदा हरीपुर १ का ३५ वर्षका विश्वनाथ शाह, २० वर्षका मञ्जुल शेख र कविलाशी १ का २५ वर्षका भरत पण्डित घाइते भएका हुन् ।

घरमा आगो सल्किएपछि फोटो खिच्न पुगेका उनीहरु ग्यास विस्फोट हुँदा घाइते भएका हुन् । घाइतेलाई थप उपचारका लागि भारत पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागीबाट स्थानीय चन्देश्वर शाह, रामपरी देवि र उपेन्द्र राउतको घरसहित साना किसान कृषि सहकारी संस्थाको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!