साकेलामा पत्रकारिता तालिम

Posted on: 26 Jun, 2018

चिसाङ शेर्पा | असार १२, खोटाङ | गाउँपालिकाको प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले साकेला गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा मात्तिमस्थित गाउँपालिकाको सामुदायिक भवनमा मंगलबारदेखी सात दिने आधारभूत पत्रकारिता तालिम सुरुवात भएको हो ।

स्थानिय स्तरमा हुने गरेका गतिविधिलाई सहज तवरमा सञ्चार माध्यमसम्म पु¥याउन गाउँपालिका भित्रका ५ वडाका प्रत्येक वडाबाट सहभागी गराई पत्रकारिता तालिम सञ्चालन भएको हलेसी टाईम्स दैनिकका सम्पादक डिएम चाम्लिङ राईले जानकारी दिए । तालिममा २० जनाले सहभागीता जनाएका छन् । सहभागी प्रशिक्षार्थीलाई हलेसी टाईम्स दैनिकका सम्पादक डिएम चाम्लिङ राई, रुपाकोट सामुदायिक रेडियोका स्टेशन मेनेजर सुर्य तामाङ, गोरखापत्र दैनिकका जिल्ला संवाददाता उजुर राई, प्रेस युनियन शाखा खोटाङका अध्यक्ष तथा खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्री लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


सात दिने आभारभूत तालिममा श्रव्य–दृश्य रुपमा पत्रकारिता तालिम सम्बन्धी जानकारी गराइने गाउँपालिकाले जनाएको छ । तालिमको पहिलो दिन हलेसी टाइम्स दैनिकका सम्पादक डिएम चाम्लिङ र रुपाकोट सामुदायिक रेडियोका स्टेशन मेनेजर सुर्य तामाङले प्रशिक्षण दिनुभएको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै साकेला गाउँपालिका प्रमुख अर्जुन कुमार खडकाले ‘तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने र गाउँपालिकामा लुकेर रहेका सानातिना गतिविधिहरु समेत सञ्चार माध्यमसम्म पुग्नेमा आशावादी रहेको बताए ।’

सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिम पश्चात निरन्तर लागि पर्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । तालिम असार १८ गते समापन हुनेछ । तालिमको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!