राम नारायण पंडित | असार ११, सिरहा | गोलबजार नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४२ करोड भन्दा बढीको बजेट गरेका छन् । आइतबार सम्पन्न एतिहासिक दास्रो नगरसभाले रु. ४२ करोड १३ लाख ६८ हजार अनुमानित बजेट प्रस्तुत गरिएको गोलबजारका मेयर देबनाथ साहले बताए ।
बाह्य आयतर्फ बित्तिय समानिकरण निर्शत रु. १४ करोड ७६ लाख, बित्तिय समानिकरण सर्शत रु. १६ करोड ५६ लाख, केन्द्रिय राजस्व बाडँफाडँबाट रु. ९ करोड ४९ लाख ८४ हजार, प्रदेश बित्तिय समानिकरण सर्शत रु.१ करोड,प्रदेश राजस्व बाडँफाँड ३१ लख ८४ हजार गरी ४२ करोड १३ लाख ६८ हजार अनुमानित रहेका छन् ।
त्यसैगरी आन्तरिक आय ७ करोड ९ लाख रहेका छन् । बजेटले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञवालीले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!