दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न

Posted on: 06 Jan, 2018

पुस २२, कपिलवस्तु | “गालामा दारी काँधमा जिम्मेवारी ” भन्ने नारालाई आत्मसाथ गर्दै कपिलवस्तुमा दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न भएको छ । 

भुवन मरासिनीको अध्यक्षयतामा बसेको बैठकबाट दारी ग्याङ कपिलवस्तुका सदस्यहरूलाई प्रत्येक बैठकमा अनिवार्य उपस्थित हुन पर्ने बताएका छन् ।


दारी ग्याङ कपिलवस्तुले मासिक कोष स्थापना गर्न प्रत्येक सदस्यबाट मासिक सय रुपैयाँ उठाउन र हालको लागि दारी ग्याङ सदस्य पर्सुराम आचर्यलाइ कोषको जिम्मा दिने र अर्को बैठक माघ ६ गते बुन्चीमा बस्ने निर्णय गरिएको दारि ग्याङका सदस्य विजय भुसालले जानकारी दिएका थिए । -आभास पौडेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!