कास्की प्रहरी द्धारा १५ बुदे कार्ययोजना सार्बजनिक, पहिलो प्रथामिकता गुन्डागर्दी रोक्ने

Posted on: 27 Aug, 2017

पोखरा ११, भदौ  | जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुदे कार्ययोजना सार्वजनीक गरेका छ । आज पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीको अपराध नियन्त्रण तथा रोकथाम गर्न १५ बुदे कार्ययोजना सार्वजनीक गरेका हुन् ।  पहिलो प्रथामिकता गुन्डागर्दी नियन्त्रण रहेको बताउदै एसपी सिंहले गुडागर्दी गर्नेको शुक्ष्म रुपमा पहिचान भइरहेको बताउदै  विभिन्न चरणमा काम गर्ने बताए ।

                                                 उनले पहिले गुडागर्दी गर्ने व्यक्तिको पहिचान गर्ने, कुन कुन अपराधमा संलग्न छ भने खोज्ने र त्यस पछि पक्राउ गरि कडा कार्वाही गर्ने बताए । यसै गरी अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण गर्ने, गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता कार्यम गर्ने, चोरी, तस्करी, कालो बजारी तथा अबैध मदिरा नियन्त्रण गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, फरार आपराधीको खोजी र कार्वाही गर्ने उनले सार्वजनिक गरेको कार्ययोजनामा छ  । त्यसै गरि भष्ट्राचारमा शुन्य सहनशिलता, आन्तरिक शुद्धिकरण, प्रविधीमैत्री प्रहरी सेवा, कार्यालयका भौतिक संरचना निर्माण, महिला हिंसा विरुद्ध अभियान लगाएतका रहेका छन् ।



दुई साता आगाडी कास्कीमा सरुवा भई आएका सिंहले नजिकै आउदै गरेको चार्ड पर्वलाई लक्ष्त गरि विशेष सुरक्षा योजना समेत बनाएको बताए । उनले आफु पोखरामा आएर काम थाले पछि पोखराका ११ स्थानबाट जुवा तास खेल्ने ८२ जनालाई पक्राउ गरि २० लाख ४२ हजार नगर बरामद गरेको बताए ।

सोही अवसरमा कास्कीको माछापुच्छे गाँउपालिका वडा नम्बर ७ मा चोरी गरि भागेका ६ जना चोरहरुलाई सार्वजनीक गरेको छ । उनीहरुको साथबाट ३ तोला ५० लाल सुन, आइप्याड, आइफोन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

  



यस बिषयमा तपाइको प्रतिक्रिया...!