पहिरोमा परि तीन बालबालिका पुरिए, पाँचको उद्धार

Posted on: 31 Jul, 2017


साउन १६, कालिकोट । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् ।

पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् ।

सान्नी त्रिवेणी गाउँपालिका–६ पोरिवनमा ढुंगाले च्याप्दा १२ वर्षकी ललिता सार्की, ९ वर्षका लंक सार्की र पाँच वर्षकी कल्पना सार्कीलाई ढुंगाले च्यापेको हो । उनीहरु जीवितै रहे नरहेको बारे अहिले नै केही भन्न नसकिन प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पाँचजनालाई भने जीवितै उद्धार गरिएको उनले बताए । घाइते मध्ये ४२ वर्षका बुदे सार्की र ३५ वर्षकी बेलु सार्कीलाई उपचारका लागि सदरमुकाम मान्म लगिएको छ ।

१७ वर्षकी रंगिला साकी, १० वर्षकी सर्मिला सार्की र १४ वर्षकी अस्मिता सार्की सामान्य घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । च्यापिएका तीनजनाको खोजीका लागि प्रहरी खटिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!