कालिकोटका २ युवा कर्नाली नदिमा बेपत्ता

Posted on: 01 Apr, 2017


दलसिंह गिरी/चैत १९, कालिकोट । कर्नाली नदीमा नुहाउन गएका २ जना बेपत्ता भएका छन् । 

शुक्रबार दिउँसो साढे २ बजेतिर भर्ताको जितेबजार नजिकै कर्नाली नदीमा नुहाउन गएका दुईजना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा राम्नाकोट–२ बाझकोटका भाने आचार्यका अन्दाजी २२ वर्षिया छोरा रत्न आचार्य र भर्ता–८ जिते बस्ने कालुराम धितालका १३ वर्षिया छोरा महेन्द्र धिताल नदीमा बेपत्ता भएका छन् । 

बेपत्ता भएका दुवैजनाको खोजीकार्यका लागि हुल्म प्रहरी चौकी र खुलालु प्रहरी चौकी लालुबाट प्रहरी सही विर बहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटाई खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!