शान्ति पदयात्रा कार्यक्रम प्युठानमा सम्पन्न

Posted on: 24 Mar, 2017


सागर शर्मा/चैत ११, प्युठान । स्थानीय शान्ति समिति प्युठानको आयोजनामा मच्छि र ठुलावेशीमा शान्ति पदयात्रा गरिएको छ । 

स्थानीय शान्ति समितिको वार्षिक कार्यक्रम अनुसार समाजमा दिगो शान्ति स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रम गरिएको हो । पदयात्रापछि ठुलावेशीमा कोणसभा सम्पन्न भएको छ । स्थानीय शान्ति समिति प्युठानका संयोजक सुरेश चन्द्र थापाको अध्यक्षतामा भएको कोणसभामा बोल्ने बत्ताहरुले आगामी निर्वाचन शान्तिपुर्ण ढंगमा सम्पन्न गर्नुपर्ने बताएका छन् । चुनावमा झैझगडा हुनसक्ने प्रति लक्षित गर्दै बोल्ने बत्ताले चुनावलाई पनि शान्तिमय बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले समाजलाई सुदृढ गराउन शान्तिको आवश्यकता पर्ने बताउनुभयो ।कार्यक्रममा शान्ति समितिका सदस्य, राजनीतिक दल, सरकारी कार्यालय, गैरसरकारी संस्था, पत्रकार लगायत सरोकारवालाको उपस्थिती थियो । स्वागत कार्यालय सचिव कमल थपलिया र सञ्चालन समितिका सदस्य ज’मानसिंह केसीले गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!