अपाङ्गता भएका व्यक्तिहरुका लागि मुढा बुन्ने तालिम प्युठानमा सम्पन्न

Posted on: 23 Mar, 2017


सागर सर्मा/चैत १०, प्यूठान । अपाङ्गता भएका व्यक्तिहरुका लागि मुढा बुन्ने तालिम खंलगामा सम्पन्न भएको छ । 

जिल्लाका साविकका गाविस नारीकोट, भिगृ, नयाँगाउँ, बादिकोट खलंगा लगायत क्षेत्रका १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिइएको हो ।

राष्ट्रिय अपाङ्ग संघ प्यूठानको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापनको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत चन्द्र जिसि रहनु भएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तिहरु समाजमा अपहेलित हुनु नपरोस भनेर मुढा बुन्ने तालिम प्रदान गरेको बताउनु भएको छ । उहाँले सिकेको सिपलाई व्यावहारमा उतार्न समेत अनुरोध गर्नु भएको छ ।

तालिममा सहभागीहरुले मुढा बुन्न सिकेकोमा खुशि व्यक्त गरेका छन् । खुशि हुदै साविक को भिगृ गाविसकाका महेन्द्र केसिले भन्नु भयो अपाङ्गता भनेर कसैले हेप्न पाउने छैनन् अब म गाँउमा गएर मुढा बुनेर जिविको पार्जन गर्न सक्नेछु ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्गता संघ प्यूठानका अध्यक्ष जुमानसिं केसिले गर्नु भएको थियो भने सञ्चालन राजेन्द्र रावत क्षेत्रिले गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!