सुरक्षित विदेश यात्रा सम्वन्धि प्युठानमा अन्तरक्रिया सम्पन्न

Posted on: 13 Feb, 2017


सागर शर्मा/फागुन २, प्युठान । सुरक्षित विदेश यात्रा सम्वन्धि जिल्ला स्तरिय सरकारवाला विच अत्र्तक्रिया कार्यक्रम आज जिल्ला प्रशासन कार्यालय प्युठानमा सम्पन्न भएको छ । 

यु.एस.ए आई डि को आर्थिक सहयोग तथा फुलवारी एकिकृत गाम्रिण विकास संस्था नेपालको साझेदारीमा सञ्चालित कृषि, स्वास्थ्य, तथा वैकल्पीक जिवीकोपार्जन पर्वद्धन पहल कार्यक्रमको विपद जोखिम न्युनीकरण कार्यक्रम अन्र्तगत जिल्ला स्तरिय सरकारवाला विच उक्त छलफल कार्यक्रम गरिएको थियो । 

छलफल कार्यक्रमको लक्ष्य नेपालको मध्य र सुदुरपश्चिमका पहाडी तथा उच्च पहाडी जिल्लामा जोखिममा रहेका समुदायको खाद्य सुरक्षित हुने रहेको थियो । साथै कार्यक्रमको उद्धेश्य जोखिमको अवस्थामा रहेका समुदायको खाद्य उपलब्धताको अवस्थामा सुधार ल्याउने, जोखिमकाृ अवस्थामा रहेका घरधुरीको आम्दानी बढाउने, जोखिमको अवस्थामा रहेका घरधुरीको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने रहेको फुलवारी एकिकृत ग्रामिण संस्था पहल कार्यक्रमले जानकारी दिएको छ । 

छलफलमा सुरक्षित वैदेशिक यात्रा कार्यक्रम सम्वन्धि जिल्लाको अनुभव, गा.वि.स बाट भारत तथा नेपालकै अन्य जिल्लामा जानेका लागी कसरी परामर्स गर्ने, कार्यक्रमको दिर्घकालिन निरन्तरता, सरकारवाला निकायको सहयोग र सचेतना कार्यक्रम सम्वन्धमा खेल, सडक नाटक र रेडियो कार्यक्रमका बारेमा छलफल गरिएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका सरकारवाला, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!