दशरथको भुमि बैतडीमा पनि मनाईयो शहिद दिवस

Posted on: 29 Jan, 2017

सास/माघ १६, बैतडी । नेपालमा निरङ्कुस राणा सासनको विरुद्ध लडेका विर अमर सहिद दसरथ चन्दको जन्म भुमी बैतडीमा पनि शहिद दिवस मनाईएको  छ । 

जिल्लाको सुन्ददरखाली र गडी दुई ठाउँमा छुट्टा छुट्टै सहिद दिवस मनाएको छ । सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखालीले सहिद दसरथ चन्द को जन्म घर वस्कोट मा र अखिल नेपाल महिला संघ र साहित्य संगम बैतडीले गडी चोकमा रहेको सहिद दसरथ चन्द को शालीक नजिक मानाएको छ ।

सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखाली को २२ औ वार्षिकोत्वसव समारोहको अवषर पारेर पुर्व सिचाई मन्त्रि एन पि साउदको प्रमुख आथित्यमा सहिद चन्दको जन्म घरमा मनाएको हो ।

भने गडी मा परमपरागत देखी नै सहिद दिवस मनाउने हुदा आफुहरुले मनाएको दसरथ चन्द नगरपालीकाका कार्यालय सहयोगी एवम गडी का स्थानिय हेम राज वोकेटीले वताएका छन् ।

 बोकटीका अनुसार अहिले सहिदको नाममा प्रतिष्ठान खोले पछी मात्र घरमै मनाउन थालेको वताए । 

सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखाली ले वार्षिकोत्सवको उपलक्षमा पाच विपन्न, एकल र अपांग परिवार लाई अन्न दान समेत गरेको र भुत पुर्व प्रतिष्ठानका अध्यक्ष एवम समाज सेवी मिना चन्द लाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।

प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखाली का सचिव नरेन्द्र चन्दले अहिले सम्म प्रतिष्ठानले समय समयमा कृकेट खेलको आयोजना गर्ने गरेको र विर सहिद चन्दको जन्म घर जिर्ण आवस्थामा भएको हुदा जिविस र दनपा कार्यलयको आर्थिक सहयोगले मर्मत गरेको जानकारी दिएका दिए ।

दिवसको अवषरमा श्रद्धान्जली मनतव्य दिदै प्रमुख अथिती एवम पुर्व सिचाई मन्त्रि साउद ले देसको निमिती आफनो प्राण वलीदान गर्ने सहिद हरुले देखाएको वाटोमा सवैले हिडनु पर्ने वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!