प्युठानमा जेसिबी पल्टिदा ३ जनाको मृत्यु, ६ जना घाइते

Posted on: 27 Jan, 2017

सलिम अन्सारी/माघ १४, प्युठान । प्युठानको दाङबाङ–६ हतदिपमा बिहिबार सांझ जेसिबी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जे.सि.बी.का परिचालक स्थानिय १८ बर्षका दीपक गाहा,२३ बर्षका शेषकान्त आचार्य र १३ बर्षका ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।

सोही दुर्घटनामा घाइते भएका ६ जनाको बुट्वलमा उपचार भैरहेको छ । उनिहरुको अबस्था सुधारान्मुख रहेको  बताइएको छ । ना १ ख ३३१९ नम्बरको जे.सि.बी. बिहिबार साझ  ७ बजे  ब्रेक फेल भइ अनियन्त्रित हुँदा सडकछेउमा बसिरहेका उनीहरु माथी पल्टिएको थियो ।

स्थानियका अनुसार जेसिभी परिचालकले चलाएको बुझिएको छ।पुरानो बाटो मर्मत संभारका लागि गएको उक्त जेसिभी पल्टिएको हो । फाइल तस्बिर

यस बिषयमा तपाइको प्रतिक्रिया...!