मुगु सदरमुकाममा भिषण आगलागी

Posted on: 22 Jan, 2017


नन्द बहादुर रोकाया/माघ ९, गमगढी । मुगु सदरमुकाममा आज दिउसोँ भएको आगालागीमा परि एक घर जलेर नष्ट भएको छ । 

जिल्ला सदरमुकामको माथिल्ला बजार अन्र्तगत जिल्ला प्रहरी कार्यालयका नजिक रहेको गणेश भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै आगलागी भएकाले प्रहरीले समयमै आगलागी नियन्त्रणमा ल्याउन  प्रयास गरेको भएपनी घर जलेर नष्ट भएको मुगुका प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीको भनाई रहेको छ । 


आगालागी के कारणले भयो भन्ने बारे केही नखुलेको प्रहरीले गरेको छ भने बिधुत सर्ट हुदाँ आगलागी भएको अनुमान समेत गरिएको छ । आगलागी प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आधा घण्टा पछि नियन्त्रणमा लिईएको थियो । आगलागीबाट घरमा रहेका अधिकाशं लत्ताकपडा तथा सरसामान जलेर नष्ट भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!